Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedईलाका प्रहरी कोहलपुर द्वारा खुल्लेआम असुली

ईलाका प्रहरी कोहलपुर द्वारा खुल्लेआम असुली

दिपक कुमार राई

बाँके जिल्लाको कोहलपुर स्थित ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी प्रमुख डिएसपि ऐन बहादुर मल्ल आए लगतै जुवाका खालमा गएर रंगेहात पक्राउ परेकाहरुसँग सादा पोशाकमा खटिएका घुमुवाका नाममा असुली गरेको खुलासा भएको छ।
सादा पोशाकमा खटिएका सादा पोसाकका प्रहरी नायब निरीक्षक देखि प्रहरी जवानसम्म सबैको मिलेमतो भएको खुल्नमा आएको छ।भने यसरी दैनिक जसो विभिन्न होटेलहरु बाट समेत असुली गरेको व्यापक जनगुनासो आएपछि अनुसन्धान गरे लगतै बुधबार कोहलपुर बसपार्कमा रहेको होटेल रेडिसन बाट ७ लाख बरामदमा कुल ३ लाख ६२ हजार मात्र सार्बजनिक गरेको खुलाशा भएको छ।
यसरी नै अन्य होटेलहरु बाट समेत असुली गरेको हाम्रो बिशेष सुत्रबाट जानकारी प्राप्त भएको हो यश बारे ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख मल्ल भन्नुहुन्छ सादा पोशाकका प्रहरी मात्र नभएर प्रहरी अधिकृत सहित छापा मारेको सत्य हो तर जुन ७ लाख भनिएको छ त्यसमा ३ लाख ६२ हजार ७ सय नगत बरामद भएको बताउनु हुन्छ साथै छापा मारेको ठाँउको नेपाल प्रहरीसँग भिडियो सुरक्षीत भएको बताउनुभयो । जसमा प्रहरीले खुलाएको रकम जति हो त्यही रहेको बताउनु भयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments