बाँके जिल्लाको बैजनाथ ८ फत्तेपुरमा सुमन चौधरी
ले एलिज कृषि फार्म सन्चालन गरेर आधुनिक कृषि प्राविधि प्रयोग गरेर लामो समयदेखी कृषि गर्नुभएको छ।
कृषि फार्म बिगत १० बर्षदेखि आफ्नो घर परिवारका ८ जना सदस्य मध्ये ६ जनाले पुर्ण रूपमा ब्यसायिक तरकारी खेती गर्दै आएका चौधरी परिवारले बर्षमा १०-१५ लाख आम्दानी भैरहेको बताउनुभयो ।
कृषि खेतीबाट राम्रो आम्दानी गरेर हाल पुर्ण रूपमा १.५ हेक्टर जग्गामा आधुनिक कृषि प्रणाली मार्फत उत्पादनमा वृद्धि गरेको र कृषि ज्ञान केन्द्र नेपालगन्जले बर्षको रु ६० हजार जग्गाको भाडा बापत रकम उपलब्ध गराउदै आएको छ।पहेँलो पासो जुन एलो ट्रायापर लगाएर किरा बाट लाग्ने रोग निवारण भएको छ।
प्राबिधिक एवं बीउ र मलमा बैजनाथ कृषि शाखाले सहयोग गर्दै आएको छ । आफ्नै बारीमा कम्पोस्ट नल निर्माण गरेर तरकारी एवं अन्नबालिमा प्रयोग गरेर उत्पादनमा वृद्धि भएको छ युरियाको तुलनामा गुनात्मक स्वास्थ्यका लागि स्वस्थ तरकारी उत्पादन गरिरहेका चौधरी होलसेलमा नेपालगन्ज कोहलपुर सुर्खेत र बर्दियाका कृषि हाट बजारहरुमा आफ्नो बारिमा उत्पादन भएका काक्क्रो फर्सी बोरी करेला खुर्सानी आदि बिक्री गर्न लैजाने गरेको बताउनु हुन्छ।
बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले आवश्यक प्राबधान सहयोग कृषि शाखाले आवश्यक प्लास्टिक मल बीउ ५०%अनुदानमा उपलब्ध गराउदै आएको बताउनुभयो ।यसरी कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ कृषि शाखा अगाडि बढेको बताउनु हुन्छ।सुमन चौधरी पेशाले शिक्षक हुनुहुन्छ बिहान बेलुकाको समय सदुपयोग गरेर कृषि खेती गर्न थालेको करिब १० बर्ष भयो।