बैशाख ६
नेकपा एमाले बाँकेको पदाधिकारीको सातौँ पुर्ण बैठक सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि केन्द्रिय सदस्य तथा बाँके ईञ्चार्ज सुर्य ढकालले बाँकेका ८१ वटा वडा र ८ पालिकामा सुर्य चिन्हका सबै उम्मेदवार जिताउन सम्पुर्ण पार्टी शक्ति परिचालित हुन निर्देशन दिए । बैठकमा नेकपा एमाले बाँकेको ५ (स) को अभियान र यसका प्रभावहरु बारे केन्द्रीय नेता,प्रदेश कमिटिका नेताहरुले रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकमा प्रस्तुत रिर्पोटले एमाले विजयको सुनिश्चितता भएको एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले दावी गरे । एमाले बाँकेको पदाधिकारीको सातौँ बैठकले अध्यक्ष किस्मत कक्षपतिको नेतृत्वमा एक हजार एक सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटि गठन गरेको बाँके उपाध्यक्ष डिल्ली विसिले जानकारी दिए ।
बैठकले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा ८१ वटा वडाका जेष्ठ नागरिकहरु लाई वडा स्तरमा सम्मान गर्ने कार्यक्रम रहेको जिल्ला कमिटिका सचिव रत्न खत्रीले बताए ।यसै गरि नेकपा एमाले सँग सहकार्य गर्न ईच्छुक राजनीतिक दल सँग बार्ता गर्न अध्यक्ष किस्मत कक्षपति,उपाध्यक्ष डिल्ली विसि र सचिव रत्न खत्री रहेको ३ सदस्यीय बार्ता समिति समेत गठन गरेको लुम्बिनी प्रदेश कमिटिका सदस्य पुजन विश्वकर्माले जानकारी दिए । नेकपा एमाले बाँकेले भर्खरै सम्पन्न गरेको कार्यविभाजन मा जिम्मेवारी प्राप्त गरेका नेताहरु लाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको जनाएको छ ।