बाँके जिल्लाको खजुरा गाउँपालिका नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अध्यक्ष राज कुमार बिक आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका अध्यक्षको रूपमा एउटा क्रान्तिकारी बिचारधारा बाट आएको त्यो पनि रोल्पा रुकुम जाजरकोट जुन जिल्ला जनयुद्धको तपिभुमी बाट उब्जिएको बलियो युवा उम्मेदवारको रूपमा चर्चा भैरहेको छ।
नेकपा माओवादी केन्द्रमा बि स २०५७ सालदेखि पार्टीमा आबद्ध भएर शुरु गरेको २०५८ सालमा जनमुक्ति सेनामा आवद्ध भएर लामो समयदेखि देशमा परिवर्तनका लागि निरन्तर लागीपरेका बिक २०६२/०६३ बाट खजुरालाई आफ्नो राजनीतिक थलो बनाएर शुरु गरेको राजनीति यात्रा निरन्तर चलिरह्यो।
युवाहरूमा चर्चित नाम हो राज कुमार बिक किनकी अधिकांश युवाहरु खेलकुदमा आवद्व हुन्छन् ती सबै क्लबहरुको पनि नेतृत्व गर्ने संस्था खेलकुद बिकास समिति बाँकेको सफल अध्यक्ष समेत भैसकेका बि क पछिल्लो चरणमा २०७४ पछि जब नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर नेकपा भएको बेला खजुराको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
त्यसपछि नेकपा एमाले र माओवादी केन्द्र दुई अलग अलग स्थानमा गएपछि पुनः माओवादी केन्द्रको अध्यक्ष हाल नेकपा माओवादी केन्देको बृहत् गाउँपालिका सम्मेलन बाट पुनः अध्यक्षमा निर्वाचित भएपछि अहिले गाउँ कमिटी अध्यक्ष हुनुहुन्छ ।
आफु एउटा संघर्षको मैदान बाट आएको र करिब २० बर्ष पार्टीको निम्ति सधैं काम गरेको खजुराबासिहरुको मन जित्न सक्ने उम्मेदवार बिक अब जसरी पनि खजुरा गाउँपालिका अध्यक्षको लागि पार्टीले सहयोग गरे आफुले स्थानीय सरकार कस्तो हुन्छ भन्ने स्थानीय नागरिकलाई महसुस गराउने कार्य गरेर पार्टीको उदेश्य पूरा गर्ने ध्येयका साथ अध्यक्ष बिकले खजुरा गाउँपालिका अध्यक्ष आफू बलियो उम्मेदवार भएको दाबी पेश गर्नुभएको छ।पार्टीले यो अवसर प्रदान गर्ने विस्वास गरेर सहि निर्णय गर्ने बताउनु हुन्छ ।