कोहलपुर ९ वैशाख
राष्ट्रिय प्रजातन्त्र पाटी राप्तीसोनारी गाउँपालिका वडा न ९ को वडाध्यक्षमा टेक बहादुर डाँगी (आइ ए )ले उम्मेदवारी घोषणा गरेका छ्न युवा व्यवसायी डाँगी राप्रपा बाट वडाध्यक्षका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन । लामो समय देखि ढकेरी बजारमा व्यवसाय गरिरहेका डाँगीले ढकेरीको विकास र परिवर्तनका लागि युवा नेतृत्व आवश्यक परेको महसुस गरेर आफुले उम्मेदवारी घोषणा गरेको प्रतिक्रिया दिएका छ्न ।
वडाध्यक्षमा डाँगीको नेतृत्वमा वडा सदस्यहरुको समेत घोषणा गरिएको छ वडा सदस्यहरुमा कालुराम थारु , यमुना खत्री कार्की,औवान थापा र दलित महिला सदस्यमा कृष्णा सार्की रहेका छ्न । राप्तीसोनारी ९ मा हाल सम्म नेकपा एमाले र राप्रपाले उम्मेदवारी घोषणा गरिसकेका छ्न भने अन्य पाटीहरुले समेत उम्मेद्बारी घोषणा गर्ने तयारीमा रहेका छ्न ।