Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedकृषि मिटर दुरुपयोग गरेकोमा विद्युतको लाईन बन्द ।

कृषि मिटर दुरुपयोग गरेकोमा विद्युतको लाईन बन्द ।

बैजनाथ सम्बादाता नेपालगन्ज २४ भाद्र बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका घरभित्र कृषि मिटर जडान गरी दुरुपयोग गर्ने नेपालगन्ज १० का उदय श्रेष्ठको घरमा नेपाल बिद्युत प्राधिकरण वितरण शाखाले छापा मारी दुई वटा मिटर नियन्त्रणमा लिएको छ । उनले कृषि मिटरबाट घरमा एसी चलाउने, बिद्युत बाल्ने र छापा खाना सन्चालन गर्दै आएका थिए । ५ कठ्ठा खेति गर्ने किसानलाई प्रोत्साहित गर्न सरकारले कृषि मिटर दिने गरेको हो । प्रति युनिट ३० पैसामात्रै पर्छ । तर व्यवसायिक र घर प्रयोगका लागि कम्तिमा पनि चार रुपैया“ प्रति युनिट बिद्युत महसुल पर्छ । खेतिका लागि घर वरिपरी जग्गा नरहेको तर मासिक १ हजार ४ सय युनिट खपत देखिएकाले कृषि मिटरको दुरुपयोग भएको बिद्युत कार्यालयले जनाएको छ । ‘यहा“ खेति गर्ने जग्गा देखिएन । तर कृषि मिटर भने प्रयोग भएको देखिएको छ,’ प्राधिकरणका इन्जिनीयर सुरेशकुमार तिमिल्सेनाले भने,‘व्यवसायिक प्रयोजनका लागि जडान गरिएको मिटर पनि अन्य कार्यमा प्रयोग गरी दुरुपयोग गरेको देखिएको छ ।’ उनले दुरुपयोग गरी जडान गरिएको कृषि मिटर र व्यवसायिक मिटरको लाईन काटिसकेको जनाए । ‘श्रेष्ठको घरमा लामो समयदेखि कृषि मिटर जडान भइ दुरुपयोग गरेको उजुरी थियो । बुधबार स्थलगत पुगेर हेर्दा दुरुपयोग गरेको पाइएको छ,’ इन्जिनीयर तिमिल्सेनाले भने,‘बिद्युत चोरी ऐन अन्र्तगत मुद्दा चल्छ । जरिवाना पनि त्यही अनुसार हुन्छ ।’

यस्तै उदय श्रेष्ठले भने कृषिको मिटर कृषिमै प्रयोग भएको जानकारी गराउनुभयो । ५ कठ्ठा १ धुर जग्गामा आँप खेती गरिरहेको उहाँले जानकारी गराउनुभयो । सिजन अनुसार कृषिको मिटर कृषि मै प्रयोग गरिने उहाँले बताउनुभयो ।

श्रेष्ठले बागेश्वरी प्रिन्टीङ प्रेस, वागेश्वरी इन्टरनेशनल पनि घरमै सन्चालन गर्दै आएका छन् । हाल उक्त अपसेट प्रेस बन्द छ । तर बुधबार बिद्युतका कर्मचारीहरुले छापा मारिरह“दा अपसेटको मिटर भने चलिररहेको थियो । ‘व्यवसायका लागि जडान गरिएको मिटरको पनि दुरुपयोग भएको देखियो,’ इन्जिनीयर तिमिल्सेनाले भने,‘कानुन अनुसार कारवाही हुन्छ ।’ प्राधिकरणका अनुसार श्रेष्ठले बर्षौदेखि कृषि मिटरको दुरुपयोग गर्दै आएका हुन । उनले दुरुपयोग गरेको रकम असुली गर्ने बिद्युत वितरण शाखा नेपालगन्जका प्रमुख लखन मल्लिकले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments