कोहलपुर १६ मंसिर
नेपाल कम्नियुष्ट पाटी (एकीकृत समाजवादी ) का पोलिट ब्यूरो सदस्य तथा पुर्व सिँचाइ राज्यमन्त्री दल बहादुर सुनारले समाजवादको कम्नियुष्ट आन्दोलन नरोकिने बताएका छ्न । बुधबार नेपालगन्जमा सप्पन्न पाटीको पहिलो बैठक तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता सुनारले आफुहरु सधैं कम्नियुष्ट आन्दोलनमा संघर्षशिल रहेको र यो यात्रा कहिले नरोकिने बताए । आफुले सामाजिक संजालमा लेखेको स्टाटसका बारेमा कार्यकर्ताहरु संग माफी माग्दै आफू कम्नियुस्ट आन्दोलनको योद्धा भएका कारण सानातिना कुरामा नअल्झिने बताए । मैले स्टाटस लेखेकै भरमा वैरीहरुले अनेका तानाबाना बुन्ने प्रयास गरे म त्यति कमजोर मानसिकता भएको व्यक्ति होइन हजारौं नेताकार्यकर्ताको साथ भएकै कारण आज तपाईंहरु संग सहयात्रा गर्ने अवसर पाइरहेको छु नेता सुनारले भने । उनले नवनिर्वाचित नेपाल कम्नियुष्ट पाटी (एकीकृत समाजवादी ) बाँकेका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । नेपाल कम्नियुष्ट पाटी (एकीकृत समाजवादी ) बाँकेका अध्यक्ष अशोक कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पाटीका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियोे ।