बैजनाथ/बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्तरीय किसान किसान सूचीकरण सम्बन्धि १ दिने अभिमुखिरण कार्यक्रम मंगलबार देउराली कृषि सहकारी संस्था लि.को सभाहलमा सम्पन्न भएको छ।
उक्त अभिमुखिकरण कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा विश्वकर्मा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐरी वडा १ का अध्यक्ष रुप बहादुर मल्ल वडा ३ का अध्यक्ष राम चरण थारु वडा ५ का अध्यक्ष मन बहादुर खत्री वडा ८ का अध्यक्ष भग्गन थारु वडा ७ का अध्यक्ष सिताराम थारु वडा ७ का अध्यक्ष काली बहादुर सिंह भानुभक्त बि सि लगाएत बैजनाथ गाउँपालिका भित्रका १२ वटा सहकारी संस्थाका प्रतिनिधिहरुलाई किसान परिचय पत्र का लागि अनलाइन फारम सम्बन्धि एकदिने अभिमुखिकरन कार्यक्रमलाई समन्वय बैजनाथ गाउँपालिका कृषि शाखा अधिकृत प्रमोद विश्वकर्माले सहजीकरण गरेका थिए।भने तालिम पश्चात तालिममा उपस्थित सुदिप थारुले आफुले अब किसान परिचय पत्रका लागि लिएको तालिम उपलब्धि मुलक छ यसबाट किसानहरु कस्ले कति प्रतिशत कृषि गर्छ भन्ने यथार्थ तथ्त्य संकलन गरिने छ।
बैजनाथ गाउँपालिकामा रहेका सहकारीहरुले आ आफ्ना शेयरसदस्य एवं सम्बन्धित स्थानीय नागरिकहरुको किसान परिचय पत्र फारम भर्न तालिम प्रदान गरिएको हो।
किसान सूचीकरण हुन्छ र पालिका भित्र भएका किसानको तथ्य आउनुका साथै किसान परिचय पत्रले आत्मा सम्मान र पहिचान हुने गाउँपालिका कृषि शाखा अधिकृत प्रमोद कुमार विश्वकर्माले जानकारी दिए।