कोहलपुर/बाँकेको कोहलपुर नगरपालिका ८ स्थित पिपरीमा ८ दिने युवा नेतृत्व प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । द आर्ट अफ लिभिङ नेपाल बाँकेको आयोजना साइनिङ स्टार सेकेन्डरी स्कुलको व्यवस्थापन तथा समाज सेवा संस्था नेपाल हवल्दार पुरको समन्वयमा संचालन गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले प्रशिक्षणमा सिकेका कुराहरू व्यवहार लागू गरेर अन्य व्यक्तिहरुलाइ समेत सिकाउदै गएमा सार्थकता पाउने बताए । त्यस्तै उनले राम्रो नेतृत्वकर्ताको रुपमा आफू चिनाएर समाज परिवर्तन गर्नुपर्नेमा बताए ।
२१ देखि २९ सम्म संचालन गरिएको कार्यक्रममा प्रशिक्षक सुवर्णा बस्नेत , काब्या लम्साल र सुचिता थापाले प्रशिक्षण गरेका थिए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख काशी प्रसाद पंगेनी ,ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनाल कोहलपुर नगरपालिका नगर युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजार कोहलपुर नगरपालिका वडा न ३ का वडाध्य्क्ष माधव रिजाल ,वडा न ९ का वडाध्यक्ष ठाकुर प्रसाद थारु , वडा न १३ का वडाध्यक्ष ओम प्रकाश वली योग तथा प्राकृति एवं स्वास्थ समाज नेपालका अध्यक्ष नम प्रसाद शर्मा समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा, साइनिङ स्टार मा विका प्रधानाध्यापक ओपेन्द्र केसी संचारकर्मी लगायतको सहभागीता रहेको थिए प्रशिक्षण कार्यक्रमम ५८ जना सहभागीता जनाएका थिए ।