नेपालगन्ज : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाँकेको परसपुर- गौघाट सडकको अनुगमन गर्दै उक्त सडक निर्माणमा आफ्नो मन्त्रालय वा सम्बद्ध मन्त्रालय संग समन्वय गरेर बाटो निर्माण गर्ने बताउनुभएको छ ।
शुक्रबार उक्त सडक खण्डको अनुगमन पश्चात् स्थानिय संग कुराकानी गर्दै सडक निर्माणको लागि आफुले पहल गर्ने बताउनु भएको हो । लामोसमयसम्म धुलाम्य रहेको परशपुर- गौघाट सडक खण्डको करिब १० किलोमीटर बाटो कालोपत्रे हुन बाकी रहेको छ मन्त्री झाँक्री नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियू लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्न नेपालगन्ज आउनुभएको थियो।
मन्त्री नेपालगन्ज आएको अवसरमा नेकपा एस सम्बद्ध नेताहरू दल बहादुर सुनार, लाल बहादुर खत्री, ऋषि पोखरेल, भद्र प्रसाद देवकोटा, नन्दलाल गुर्ताल लगायतको पहलमा लामो समय देखी धुलाम्य रहेको सडकको अवस्था बारे जानकारीको लागी अनुगमनको लागि अनुरोध गरिएको थियो । मन्त्री झाँक्रीले उक्त सडक निर्माणमा आफुले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
साथै मन्त्री झाँक्रीले खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको महिला सामुदायिक भवनको समेत निरीक्षण गर्नु भएको थियो ।
![](https://i2.wp.com/nagariksamaj.com/wp-content/uploads/2021/12/IMG20211217170005_00.jpg?resize=1024%2C768&ssl=1)
मन्त्री झाँक्रीलाई नेकपा एसका नेताहरु लाल बहादुर खत्री र भद्र प्रसाद देवकोटाले खजुराको पुर्वाधार सम्बन्धी समस्या र परसपुर – गौघाट सडकको दुरावस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
मन्त्री झाँक्री संग खजुरा वडा नम्बर दुईमा नेकपा एसका पोलिट ब्युरो सदस्य दल बहादुर सुनार, नेकपा एस लुम्बिनी प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, युवा संघ बाँकेका इन्चार्ज कुस्माखर बस्याल, पिभी बाँकेका अध्यक्ष राजु रुचाल, नेकपा एस बाँकेका नेता ऋषि पोखरेल लगायतको सहभागीता रहेको थियो ।