Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेपाल डेमोक्रेट युनियन द्वारा चिनियाँ हस्तक्षेप बारे प्रेस विज्ञप्ति

नेपाल डेमोक्रेट युनियन द्वारा चिनियाँ हस्तक्षेप बारे प्रेस विज्ञप्ति

नेपाल डेमोक्रेट युनियन
प्रेस विज्ञप्ति चिनियाँ हस्तक्षेप बन्द गर!

सर्वसत्तावादी कम्युनिष्ट चीनले विभिन्न जिल्लामा नेपालको सीमा अतिक्रमण गुर्नका साथै नेपालको अस्मिता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय सम्बन्ध खल्बल्याउने उद्दश्यले गरी रहेको चौतर्फी हस्तक्षेपको नेपाल डेमोक्रेट युनियन घोर भर्त्सना गर्दछ। हुम्ला, मुस्ताङ, गोर्खा, रसुवा, दोलखा लगायतका जिल्लामा नेपालको हजारौं विघा जमीन कब्जा गरेको कम्युनिष्ट चीनले गत महिना भैरहवा विमानस्थलमा चिनियाँ झण्डा फहराएर नेपाललाई आफ्नो अधीनस्थ मुलुक देखाउँदै दुस्साहस गरेको थियो। नेपालको सार्वभौमिकतामाथि आक्रमण गर्ने साथै कुनै पनि हालतमा एमसीसी पारित हुन नदिन र विश्वका सबै प्रजातान्त्रिक मुलुकहरु र त्यसमा पनि अमेरिकासँग नेपालको सम्बन्ध विथोल्न आफ्नो गुप्तचर एजेन्सी (एमएसएस) मार्फत दुष्प्रचार र कुसूचनाको बाढी चलाएको छ। यसका लागि विभिन्न पार्टी, कतिपय नेताहरु, बुद्धिजीवी र अन्य पेशागत समुदायमा चिनियाँ मुद्रा आरएमबीको खोलो बगाइएको छ भने एमसीसीका नाममा विभिन्न पार्टीहरुमा झगडा लगाउने, पार्टी फुटाउने, सामाजिक द्वन्द्व सृजना गर्ने मात्र होइन, निकट भविष्यमै देशमा व्यापक मात्रामा तोडफोड, हिंसा, आगजनी, मारपीट र रक्तपात समेत गराउने योजनाका साथ काम भई रहेको बुझिएको छ। यसका निम्ति चिनियाँ गुप्तचर एजेन्सी एमएसएसको अधिकृत लिंग उर्फ ऑस्कर निङ (जो दुई पासपोर्टधारी हो पीई 0350392, पीई 17327 79 र जसको चिनियाँ राष्ट्रिय परिचय पत्र नं. 420 5021 984 081 64813 हो) ले काठमाडौंमा स्टेशन स्थापना गरी कोभर्ट अपरेशन चलाई रहेको छ। नेपाललाई हर दृष्टिले पंगु बनाएर समग्र राष्ट्रिय एकता कमजोर बनाउने र अन्ततः आफ्नो अधीनस्थ मुलुकमा परिणत गर्ने कुत्सित योजनाका साथ अघि बढेको कम्युनिष्ट चीनको यस प्रकारको नांगो एवं निर्लज्ज हस्तक्षेपबाट मुलुकलाई समयमै मुक्त नगर्ने हो भने देशको भविष्य अन्धकारमय हुनेछ ।


नेपाल डेमोक्रेट युनियन, नेपाल कब्जा गर्ने नियतबाट परिचालित कम्युनिष्ट चीनको यो हस्तक्षेप प्रति नेपाली जनताका प्रतिनिधि माननीय सांसदहरुकोे गम्भीर ध्यानाकर्षण गराउँदछ। साथै, सार्वभौमसत्तासम्पन्न संसद र नेपाल सरकारलाई तत्काल स्पष्ट, कडा एवं निर्णायक कदम चालेर नेपाललाई चीनको सर्वग्रासी हस्तक्षेपबाट मुक्त गराउन जोडदार अपील गर्दछ। प्रजातन्त्रप्रेमी नेपाली जनता देशमा कम्युनिष्ट चीनको हस्तक्षेप सहन तयार छैनन् र आवश्यक पर्दा कम्युनिष्ट चीनलाई उचित जवाफ दिन तयार छन्। समग्र प्रजातान्त्रिक विश्व नेपाल र नेपाली जनताको साथमा छन्। कम्युनिष्ट सर्वसत्तावादका विरुद्ध नेपाली जनताको भावना, कदम र संघर्षलाई नेतृत्व दिन विश्व प्रजातान्त्रिक आन्दोलनसँग एकतावद्ध नेपाल डेमोक्रेट युनियन सदा तत्पर रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments