Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एस अनेरास्ववियूको लुम्बिनी अधिबेशनमा:नेपाल

नेकपा एस अनेरास्ववियूको लुम्बिनी अधिबेशनमा:नेपाल

नेपालगन्ज : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शुक्रबारबाट नेपालगन्जमा सुरु भएको छ ।अनेरास्ववियू लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्लको सभापतित्व सुरु भएको अधिवेशनको प्रमुख अतिथी नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले केपीको पार्टी प्राइभेट कम्पनी भएको बताउनु भयो ।अध्यक्ष नेपालले भने नेकपा एमाले अब पार्टी नरहेको त्यो केपी ओली कम्पनी भएको समेत बताए । एमालेमा केपी ओलीलाई जस्ले बा भन्छ उसले जे गरे पनि हुन्छ, तर हाम्रो पार्टी त्यस्तो नहुने र आफनो पार्टी विधि अनुसार चल्ने बताए ।

अध्यक्ष नेपालले सत्तागठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् ।भने एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका ५ दलको बीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीहरुले प्रधानमन्त्रीलाई भनिरहेको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले भने ‘सबै पार्टीको विचार आउनु पर्यो।छलछाम गर्नुपर्ने कुनै आवश्यकता छैन’, उनले अडान दोहोर्याए, ‘ नेपालको हितमा छ भने हामीले कुनै पनि सहयोग स्वीकार्य र नेपालको हितमा छैन भने हामीलाई त्यस्तो सहयोग स्वीकार्य छैन । त्यहाँ लेखिएका कुरामा कहीँ कमजोरी छन् भने त्यो सुध्रेका वा सुधारिएको देख्न चाहन्छौं ।


कार्यक्रममा नेकपा एसका नेतृ तथा सहरी बिकास मन्त्री रामकुमारी झाक्री, नेकपा एसका नेता मेटमणी चौधरी, दलबहादुर सुनार, अशोक कोइराला लगायको उपस्थिति रहेको थियो । सम्मेलन शनिबार सम्म चल्ने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments