नेपालगन्ज /नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन्। प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो।
प्रदेश समितिको बैठकले पदाधिकारी टुंगो लगाउने जिम्मा पाएकाे बताइएको छ। अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिब एक, उपसचिव ३ र कोषाध्यक्ष १ गरी ९ सदस्यीय पदाधिकारी बन्नेछ।पार्टी स्रोतका अनुसार माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा दुईजनाको दावेदारी रहेको छ। बाँकेका आइपी खरेल र गुल्मीका सुदर्शन बरालको अध्यक्षमा दावी रहेको छ।
खरेल लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र बाँकेका संयोजक हुन्। उनी लामो समयदेखि पार्टी भित्र लामो इतिहास बोकेका र पुराना पाका नेता मानिन्छन्।उनी २०३५ सालदेखि चौम हुँदै राजनीतिमा सक्रिय रहदै आएका छन्। त्यसैगरी बराल शंकर पोखरेल मुख्यमन्त्री रहँदा स्वास्थ्य मन्त्री रहेका थिए। उनि माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका कार्यालय सदस्य समेत हुन्।