काठमाडौं । तमु ल्होसारको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।
तमु ल्होसार गुरुङ समूदायको नयाँ वर्ष आरम्भ हुने दिन मानिन्छ ।यसअघि बिहीबार सार्वजनिक विदा दिनेबारे सरकारले निर्णय नै नगरी सामाजिक सञ्जालमा गृह मन्त्रालयको विज्ञप्ति भाइरल बनेको थियो ।यद्यपि, त्यो आधिकारिक नभएको मन्त्रालयले जनाएको थियो ।