Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedदिगो कृषी सहकारीको संस्थाको अध्यक्षमा पुनः आले

दिगो कृषी सहकारीको संस्थाको अध्यक्षमा पुनः आले

कोहलपुर १६ पुस
बाकेको कोहलपुर नगरपालिका वडा नं १४ स्थित दिगो कृषी सहकारी संस्थाको अध्यक्षमा पुनः नम बहादुर आले चयन भएका छन । शुक्रबार सम्पन्न संस्थाको १५ र्औ साधारण सभाबाट आले पुनः अध्यक्षमा चयन भएका हुन । त्यस्तै समितिको उपाध्यक्षमा धुर्व राज अर्याल चयन भएका छ्न भने समितिको सदस्यहरुमा हरिकला मगर ,अनिता पौडेल ,सुनी थापा ,सीता बडुवाल ,नर बहादुर खत्री ,मेवालाल थारू ,ठग प्रसाद न्यौपाने ,दुर्ग बहादुर हमाल र कर्ण प्रिय राना चयन भएका छन । भने संस्थाको लेखा समिति संयोजक महेन्द्र कुमार खत्री र सदस्यहरुमा गिता घले र प्रेम लाल रिजाल चयन भएको संस्थाका व्यवस्थापक यदु प्रसाद शर्माले जानकारी दिए ।
संस्थाका ११ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७÷०७८ को करिब १२ करोड ८६ लाख ५ हजार ८ सय २२ रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाकको उदघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा कोहलपुर नगरपालिका वडा नं १४ का वडाध्यक्ष टेकचन हरिजनले दिगो सहकारी पहिलेको तुलनामा विकसित अवस्थामा पुगेको बताउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्यायले दिगो कृषी सहकारी संस्था बाँके जिल्लाका नमुना सहकारीहरुको सुचीमा रहेन बताउदै सहकारीलाई थप उचाइमा पु¥याउन सबै शेयर सदस्यहरुको उत्तिकै सहभागीता हुनुपर्नेमा जोड दिए । साधारण सभामा उत्कृष्ट बचतकर्ता समुन्द्री अहिर र रामनाथ थारु,उत्कृष्ट ऋणीमा वसन्त ढकाल र लालसरी चलाउनेलाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments