हिरा पान्डे/ त्यो दिन भन्न खोजे तर भन्नै सकिन थिए,,,, “दाइ नूर बाचेकी भए आज मलाई अन्टि भन्ने थियी होला वा फुपू ?”
बरु उहाँले नै त्यस्तै खाले कुरा निकाल्नु भयो “सिमा बिहे गर न तिमिले”
पहिले पहिले तिर त रिसाइदिन्थे उहाँले यस्तो भनिदिदा,, म मा धेरै परिबर्तन आइसकेको रहिछ । म त यस्तै यस्तै कुरा निकालिरहोस कसैले,,, भन्नि चाहन थालिसकेकी रहिछु । कसैको साथको आवश्यकता परिरहेको महसुस गर्न थालिसकेकी रहिछु तर पनि अभिब्यक्त गर्न सकिन थिए ।
भने, “गरुँला नि”
“कहिले ?” उहाँ केही झर्किनु भयो ।
उहाँ कसरी यस्तो झर्किन सक्ने बन्नु भयो । सधैंभरी त उहाँको निराश, गुनासो युक्त बोली मात्रै सुन्दै आएकी थिए । के उहाँले बिहे गरेपछि नै उहाँमा यस्तो खाले परिवर्तन आएको थियो त ? अहँ होइन उहाँले बिहे गरिसकेपछि पनि कैयौं चोटि भेटिसकेको थियौं तर उहाँ कहिलेपनि यस्तो देखिनु भएको थिएन आज के भएछ । यस्तो किन यक्कासी यो परिबर्तन आएको थियो उहाँमा “बुढी भैसकेपछी गर्छेउ । भैसक्यो त उमेर,,,”
“मलाई बिहे गर्नै मन छैन । तर कोहि बुझ्ने साथी होस भन्नि लाग्छ । कहिलेकाही मनका कुरा सेयर गर्न पाइयोस । म के गर्दैछु कहाँ छु इत्यादि ख्याल गरिदिने कोहि भैदिए हुन्थ्यो भन्नी लाग्छ ।”
“ह्या बिहे गर के । मलाई कति मन पर्थ्यो तिम्रो हरेक क्रियाकलाप तर तिमी मलाई नै देखाउन त्यो केटाहरूसङ्ग हो-हल्ला गर्नी जिस्किने किन गर्थ्यौ ?”
मेरो आँखा वरिपरि पनि बिगतका उहाँसङ्गका सबै पलहरु नाच्न थाल्यो । “सिमा के भो ।”
बाइकमा चुपचाप बसिरहेकी म तिर हेर्नु भयो । “किन बोल्दैनौ । तिम्ले बिहे गर भनेको ।”
“म सक्दिन बिहे गर्न ।”
“किन के ।” उहाँ फेरि बिगत नै याद दिलाउन खोज्नु हुन्थ्यो । “तिमी लाई कति हेर्थे । तिम्रो घर कति जान्थे । अरु कोहि केटि फिटिक्कै मन पर्दैन थियो तर लाग्या थिएन कि कुनै दिन दाइ भन्ने छौ । तिम्ले दाइ भनिसकेपछी पनि आस गरिरहे । ऋषिपञ्चमीमा आफैले घरमा बोलायौ तर बुवाले टीका मात्र लाइदिनु भयो । तिम्ले मेरो हातमा केहि बाधिनौ यस्तो लाथ्यो बुढाले छोरी आजैबाट मेरो जिम्मामा लाइदिएका हुन क्या हो ।”
“बुवालाई मन पर्या भैदिए मलाई नि परिजान्थ्यो नि । बुवाले हजुरसङ्ग सङ्गत गरेको कहिले नी मन पराउनु भएन । हजुरको बुवा पो कहाँ मन पराउनु हुन्थ्यो र? यस्को बिहे गर्दिन पाया भैदिए सुधृन्थ्यो कि भन्नू हुन्थ्यो ।”
“खुबै दुख दिए है मैले तिम्लाई ।”
“अनि त मेरा सबै साथीहरूलाई चुम्दै मिल्काउदै गर्नु भयो ।”
“ए भैगो भैगो ओभर नबन तिनीहरु नै त्यस्तै थिए । तिम्लाई के थाहा ।”
“म ओभर कि हजुर ओभर । आफू पनि मेरो मोबाइल पाउनै नहुनी फेसबुक खोलेर कति जनालाई रिक्वाइस्ट पठाइदिने कतिलाई के के मेसेज पठाइदिने । मैले नि हजुरबाटै जेपिटी सिके जस्तै भयो तर हजुरले झैँ गरेर त बुवालाई सताउन चाहन्न थिए । फरक किसिमले सताए त्यसरी सताउन तिर लागिन । हजुरको बुवा कति हैरान भैजानु हुन्थ्यो । हजुरले साथिहरुकै लागि अनावश्यक खर्च गरिदिनाले । “