कोहलपुर १७ पुस
बाँकेको राप्तीसोनारी गाउँपलिका वडा न ९ बुचापुर स्थिति बागेशाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा शनिबार तालाबन्दी गरिएको छ । गत पुस १४ गते सप्पन्न साधारणसभाबाट अध्यक्ष पदको लागि आज पुस १७ गते निर्वाचन सम्पन्न भएको थियोे । निर्वाचन प्रक्रियामा उपभोक्ताको नामावली नियम संगत नभएको भन्दै उपभोक्ताहरुले तालाबन्दी गरेका छ्न । निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नेत्र नन्द उपाध्याय र रुद्र बहादुर वली प्रतिस्पर्धामा उत्रिएका थिए । कुल २ सय १२ मतदाता रहेकोमा १ सय ९९ सय मत खसेको थियोे भने ८ मत बदर भएको थियोे । जस मध्ये उपाध्यायले ११८ मत प्राप्त गरि विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी रुद्र वलीले ७२ मत प्राप्त गरेका थिए । यस अघिको कार्याकालमा समेत अध्यक्ष भइसकेका उपाध्यायले उपभोक्ताको रसिद काटेर पनि उपभोक्तामा समावेश सुचीमा उपभोक्ताको नाम नराखेर आफू अनुकुलका उपभोक्ताहरुको नाम राखेकोले तालाबन्दी गरिएको सामुदायिक वनका उपभोक्ताहरुले बताएका छ्न । सामुदायिक वनका अध्यक्ष नेत्र नन्द उपाध्यायले र पुर्व कोषाध्यक्ष २०७५ सालमा उपभोक्ता प्रवेश रसिद काटेका उपभोक्ताको नाम हालसम्म सामुदायिक वनको उपभोक्ता सुचीमा नाम नराखेको तर आफ्ना घर नफाटेका छोराहरूको उपभोक्ता प्रवेश रसिद नै नकाटी अघिल्लो समितीले विधानमा नाम समावेश गरेको पाइएकोले तालाबन्दी गरिएको सामुदायिक वनका उपभोक्ता युवराज खत्रीको बताए । निर्वाचित अध्यक्ष उपाध्यायलाइ निर्वाचन अधिकृतले सपथ ग्रहण गराए लगत्तै एकहुल उपभोक्ताहरुले होहल्ला मच्चाउन थालेपछि अन्य पदाधिकारीको सपथ ग्रहण समेत प्रभावित भएको थियो ।