Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा (एस)बाँके क्षेत्र नं.३ को अध्यक्ष:देवकोटा र सचीवमा रुचाल

नेकपा (एस)बाँके क्षेत्र नं.३ को अध्यक्ष:देवकोटा र सचीवमा रुचाल

 

खजुरा शनिबार १७ पौष

नेकपा एकीकृत समाजवादी बाँके क्षेत्र नं.३ को क्षेत्रीय स्तरको प्रथम बैठक शनिबार खजुरा स्थित गोदावरी कटेजको सभाहलमा सप्पन्न भएको छ । बैठक बाट बाँके क्षेत्र न३को अध्यक्षमा भद्र प्रशाद देवकोटा सचीव राजु रुचाल सहित १४५ सदस्यीय क्षेत्रीय कमिटीले शनिबार पुर्णता पाएको छ।

आगामी माघ ८ गते सम्म साबिकको एउटा वडा बाट २ सय ५० मत ल्याए चुनाव जित्ने सतप्रतिश सम्भावना भएको प्रमुख अतिथी सुनारले बताए । अध्यक्ष सचीव लगाएय कमिटीमा चयन सबैलाई प्रमुख अतिथी सुनारले अबिर लगाएर स्वागत गर्नुका साथै हरेक सदस्यले पार्टीमा आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा निर्वाह गर्नुपर्ने बताउनुभएको क्षेत्रीय सचीव राजु रुचालले जानकारी दिनुभयो । त्यस्तै नेकपा नेकपा एकिकृत समाजवादि बाके क्षत्र न ३ क प्रदेशको संयोजकमा विष्णु कान्त आचार्य र सचिब मा चन्द्र बहादुर बि क रहेको ८५ सदस्य कमिटी गठन गरिएको छ।

प्रदेश ख संयोजकमा ॠषी पोख्रेल र सचिब मा राज कुमार धोबी रहेको ८२ सदस्य कमिटि निर्माण गरिएको छ ।क्षेत्रीय संयोजक भद्र प्रसाद देवकोटाको अध्यक्षता र नेकपा एकीकृत समाजवादी पोलिट ब्यूरो सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर सुनारको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो।उक्त प्रथम बैठकमा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सदस्य होमनाथ सापकोटा बाँके जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापा,सचीव दिपक जि.एम. उप सचीव एवं युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा लगाएत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो।बैठकमा बैजनाथ नेकपा (एस) सचीव कन्चन गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments