बाँके जिल्लाको बैजनाथका नेपाली काङ्ग्रेस सभापति देब बहादुर के सि नेपाल कृषि केन्द्रीय सहकारी संघ लि.को चौथो सम्मेलन बाट कुल ४ सय खसेको मत मध्ये ३०९ अत्याधिक मत ल्याइ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयको छ।
उक्त चुनावी प्रक्रिया बाट कुल १५ केन्द्रिय सदस्य निर्बाचित मध्येबाट अध्यक्ष र पदाधिकारी चयन गरिने छ।लामो समयदेखि सहकारी अभियन्ताको रूपमा बाँके जिल्लामा स्थापित एभरेष्ट कृषि सहकारी संघ लि.बैजनाथ ६ को अध्यक्ष समेत रहेनुभएको छ। शान्त र हँसिलो स्वभावका के सि लाई नजिक बाट निहाल्दा एउटा बौद्धिक ब्यक्तित्व समेत भएको पाईएको छ।बाँके जिल्लाको बैजनाथ ६ निवासी केही केन्द्रिय सदस्य हुँदा बैजनाथबासिमा खुसियाली छाएको छ। जसमध्ये बाँके मात्र नभएर देशकै सहकारी नेता अभियन्ता धेरै बैजनाथले पाएको छ।
हाम्रो सम्बादाताले गरेको फोन सम्बादमा के सि यसो भन्नुहुन्छ। हामी देशमा राजनीति रूपमा मात्र नभई राज्यको नीति अनुसार सहकारी क्षेत्रले निकै ठुलो जिम्मेवारी अहिले सहकारीको काधमा छ । त्यो जिम्मेवारी आफुले इमानदारीका साथ पूरा गर्ने र सहकारी हरुलाइई सन्चालन गर्न सहज बनाउनु र राज्यले दिएको जिम्मेवारी पुर्ण रूपमा निर्बाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ।आइतबारकरिब ३ बजे के सि लगाएत निर्बाचित सम्पुर्ण १५ सदस्यहरुले सफत ग्रहण गर्ने कार्यक्रम रहेको छ।साथै के सि नेपाली काङ्ग्रेस बैजनाथका सभापति समेत हुनुहुन्छ।