Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले बर्दिया जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा अध्यक्ष:श्रेष्ठ

एमाले बर्दिया जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा अध्यक्ष:श्रेष्ठ

बर्दिया/नेकपा एमाले बर्दिया जिल्लाको आसन्न २३ गते हुने जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भैसकेको नेकपा एमाले आयोजक (समन्वय) बर्दिया जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो ।

नेकपा एमाले बर्दियाले २३ गते जिल्ला अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने छ। हाल नेतृत्वदायी भुमिकामा रहेका पदाधिकारी लगाएत केही नयाँ अनुहारहरु नेतृत्वमा आउने चर्चा पनि उत्तिकै छ। नेकपा एमालेको जिल्ला अधिवेशनमा ९०० नौं सय प्रतिनिधि १०० एक सय स्वयंसेवक गरि कुल १००० एक हजारको उपस्थिति रहने छ ।
उक्त जिल्ला अधिवेशन बा नेकपा एमाले बर्दियाले नयाँ नेतृत्व चयन गर्ने छ । जसमध्ये १०० जना सदस्य र ५ जना पदाधिकारी सहित कुल १०५ जनाको जिल्ला कमिटी चयन हुने छ। आकांक्षि धेरै देखिनु स्वभाबिक हो तर त्यसमा पनि पार्टीप्रतिको लगानी ईमान्दारिता सबै मुल्यांकन गरेर जस्ले पार्टी संकटका बेला संगै रहेका बेला जो नेता कार्यकर्ताले पार्टीलाई साथ दिए जसले आफ्नो सम्पुर्ण जीवन पार्टीकोलागि समर्पण गर्नुभएको छ विशेषत त्यस्ता ब्यक्तिगतहरुले अवसर पाउने हामीले आशा गरेका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अबको कार्यकालका लागि खुलेरै बाहिर घोषणा नगरेतापनी अध्यक्षमा एक कार्यकाल अझै आउने र पार्टी संगठनलाई मजबुत बनाउने र आउने नयाँ पुस्तालाई त्यसपछि जिम्मेवारी सौपिने श्रेष्ठले जानकारी दिनुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments