कोहलपुर ३० पुस
बाँकेको कोहलपुर नगरपालिका २ मा माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम जनजाति एवं थारु सयुक्त समिति कोहलपुरका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ ।जनजाति एवं थारु सामुदायको सयुक्त आयोजनामा संचालन गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पार्बती पुन (उषा)को प्रमुख आतिथ्यमा भएको थियोे।
कार्यक्रम बोल्दै प्रमुख अतिथि पुनले माघी पर्वले थारु समुदायमा विशेष महत्त्व राख्ने बताउदै मौलिक थारु संस्कृतिलाई संरक्षण गर्न राज्यले पनि विशेष जोड दिनुपर्ने औल्याइन । साथै उनले नेपाल वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं मौलिक साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदानका पुग्ने बताइन ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी थारुले मौलिक थारु समुदायको संस्कृति बचाउन सकिए मात्रै भावी पुस्ताले थारु संस्कृतिबारे थाहा पाउन सक्ने बताइन । थारु कल्याणकारीनी सभा बाँकेका अध्यक्ष एवं युवा समाजसेवी बिनोद कुमार थारुले कार्यक्रममा थारु एवं जनजातिका अगुवा समाजसेवी सर्वसाधारणहरुको उपस्थितिमा रहेको थियोे जानकारी दिए ।