Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedमेयर रावल द्वारा १५ सैयाको अस्पताल शिलान्यास

मेयर रावल द्वारा १५ सैयाको अस्पताल शिलान्यास

जाजरकोट
जाजरकोट जिल्लाको नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र दल्लिमा आइतबार नगर प्रमुख टेक बहादुर रावलले १५ सैयाको प्राथमिक अस्पतालको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नगर उप प्रमुख बाल कुमारी बस्नेत निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह स्थानीय जेष्ठ नागरिक चन्द्र बहादुर रावल स्वास्थ्य शाखा प्रमुख प्रचण्ड कार्की सब-ईन्जिनियर जनक खड्का निर्माण कम्पनीका प्रतिनिधि राजन रावल लगाएत निर्माण कम्पनी खड्का कृष्ण गाल्भा जे बि कोहलपुर बाँकेले २२ करोड लागतमा निर्माण गर्ने जिम्मेवारी पाएको छ । प्राथमिक अस्पताल अत्याधुनिक चारतले भवन सम्झौता मंसिरमा सम्झौता भएर १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको सब-ईन्जिनियर खड्काले जानकारी दिनुभयो ।
निर्माण कम्पनीका इन्जिनियर डम्बर बहादुर ओलिले सम्झौता अनुसार तोकिएको समयभित्र सम्पुर्ण भवन निर्माणको कार्य सप्पन्न गरिने बताउनुभयो । स्थानीय सरकार प्रमुख रावलले प्राथमिक अस्पताल निर्माण पश्चात स्थानीय नागरिकहरुले महङ्गो शुल्क तिरेर सुर्खेत नेपालगन्ज जाने बाध्यताको अन्त्य हुने बताउदै समयभित्र निर्माण गरेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिँहले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments