Monday, July 7, 2025
spot_imgspot_img
HomeUncategorizedगाउँ फर्कदै शहरिया..

गाउँ फर्कदै शहरिया..

लघु_कथा भाग-१,अर्जुन सुवेदी

अब शहरियाहरु गाउँ आउनेछ्न् । पर भएकाहरु नजीक बन्नेछ्न् । गाउँ गाउँ घुमघाम नमस्कार गर्नेछ्न् । अनि ठुला सपना बाडेर मख्ख पार्नेछ्न् । हिजो फोन नउठाउनेहरु मिसकल फर्काउने छ्न् । हिज कुनै वास्ता नभएकाहरु शीत नाता गासिने छ्न् । खै शहरियालाई के भएर हो गाउँलेलाई १० फेर नमस्कार गर्नेछन् । हिजो पर हुनेहरु अब चिया खाजा खाउ भन्नेछ्न् । यता गाउँका सोझाहरु बिगत बिर्सेर मख्ख पर्नेछ्न्। सोझा गाउँले शहरियाको गफमा मख्ख हुनेछ्न् । आफ्ना सबै दुख बिर्सेर शहरियाको साथ दिनेछ्न । अब केहि दिन शहरिया र गाउँले चोक चोकमा सङ्गै देखिने छ्न् । शहरियाले सोझा गाउँले लाई फकाएर स्वार्थ पूरा गर्नेछ्न । शहरियाले प्रतिबद्धता पूरा नगरेको देखेर गाउँले फेरि आफ्ना दुख देखेर पछुताउने छ्न । गाउँले फेरि शहरियालाई आउलास गाउँ भनेर धारे हात लगाउदै बस्ने छ ।लेखक राजापुर नगरपालिका बर्दियामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments