Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedजनताको हितमा काम नगरेको आरोप सहित काङ्ग्रेस द्वारा बैजनाथलाई ६ बुँदे ध्यानाकर्षण...

जनताको हितमा काम नगरेको आरोप सहित काङ्ग्रेस द्वारा बैजनाथलाई ६ बुँदे ध्यानाकर्षण पत्र 

बाँके जिल्लाको बैजनाथ गाउँपालिका नेपाली काङ्ग्रेस बैजनाथको तर्फबाट बैजनाथ सभापति देब बहादुर के सि लगाएत नेपाली काङ्ग्रेसका नेताहरुको उपस्थितिमा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई ध्यानाकर्षण पत्र बुझाएको छ।
उक्त ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाली कांग्रेस जिल्ला सचिव कपिल देव शर्मा, क्षेत्रीय सचिव ज्ञान बहादुर ओलि, प्रदेश सभा `क´ सचिव धिरेन्द्र सिंह ठकुरी क्षेत्रीय सह-सचिव डम्बर रावत केन्द्रिय महाधिवेशन प्रतिनिधीहरु देव बहादुर खत्री,मेघराज ओलि,चन्तराम थारु,प्रकाश बहादुर शाही,टेक बहादुर खड्का,निर्मला रोकाया र क्षेत्रीय प्रतिनिधि भगन थारु लगाएतको उपस्थितिमा बैजनाथ गाउँपालिकाले गरेको विभिन्न कामको बारेमा सन्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु प्रती नेपाली काङ्ग्रेस बैजनाथको ध्यानाकर्षण भएको के कति कारणले स्थानीय नागरिक प्रती जवाफदेहि नभएर निश्चित ब्यक्तिहरुको लाभका लागि गरेको निर्णय प्रती आपत्ति प्रकट गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललाई नेपाली काङ्ग्रेस बैजनाथको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षण पत्र यस्तो छ।

नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार नेपाल सरकारका सबै निकायले कानुन अनुरुप काम गर्नुपर्ने बाध्यत्मक ब्यवस्था हुँदाहुँदै पनि स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा गर्नुपर्ने कामहरु नभएको र आफुअनुकुल मनोमानी तरिकाले स्थानीय सरकारले काम गरिरहेको भन्ने स्थानीय नागरिक द्वारा व्यापक जनगुनासो आउनुका साथै विभिन्न अनलाइन संचारमाध्यम र पत्रपत्रिकामा प्रकाशित समाचारले तपशिल बमोजिमका बुँदाहरुमा नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।
क)-२०७८ असोज महिनामा भएको बर्षातका कारण बैजनाथ गाउँपालिकामा रहेका किसानहरुको अन्न बालिमा भएको क्षतिका सम्बन्धमा स्थानीय सरकारले स्थलगत लगय लिई राहतको लागि संबंधित निकायमा लगत नबुझाएको भनी विभिन्न विभिन्न संन्चार माध्यममा प्रकाशित समाचारको बारेमा के कसो हो ?सत्यतथ्य सार्बजनिक होस् ।
ख)-अव्यवस्थित बसोबास तथा भुमिहिनहरुको लगत संकलन गरिएको र उक्त लगत गर्दा स्थानीय नागरिकसंग रकम समेत असुल गरिएको र लगत बुझाउन राष्ट्रिय भुमी आयोगले मिति २०७८/०६/३१ र २०७८/०७/११ मा सूचना जारी गर्दा समेत बैजनाथ गाउँपालिकाले संबन्धित निकायमा लगत नबुझाएको भनी प्रकाशित समाचारका सम्बन्धमा के कसो हो ?
ग)-स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा रहेका शिक्षक कर्मचारीहरुको दरबन्दी मिलान सरुवा लगाएतका कार्य गर्दा कार्यबिधी निर्माण गरि बिधिसम्मत गर्नुपर्ने पेशागत संघसंगठनहरुसँग समेत समन्वय नगरी आफुअनुकुल गरिएको दरबन्दी मिलान के कसो हो ?
घ)-विकाश निर्माणमा र बिद्यालय ब्यवस्थापन समितिका सम्बन्धमा अवधी सकियकालाई समेत कानुन बिपरित पुर्वाग्रही ढंङ्गले काम गर्न दिईएको पाईएको सम्बन्धमा के कसो हो ?
ङ)-बैजनाथ गाउँपालिकाभित्र रहेका किसानहरुका लागि मल बीउ बिजन सर्बसुलभ र सहज रूपमा वितरणका सम्बन्धमा स्थानीय सरकारको भुमिका के रह्यो ?साथै बिद्यालय ब्यवस्थापन समितिको कार्यकाल सकिएको २ बर्ष पूरा हुँदा समेत स्थानीय सरकारले सोही समितिलाई निरन्तरता दिनु भनेर निरंकुश तरिकाले आदेश पत्र किन लेखिएको ?
च)-मन्त्री परिषदले स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको हुँदा पनि बैजनाथ गाउँपालिका बाट हुने दैनिक प्रशासनिक कामकाज बाहेक अन्य दीर्घकालीन प्रभाव पार्ने खालका कुनैपनी ऐन कानुन कार्यबिधी निर्माण नगर्न आग्रह गर्दछौं ।


उक्त ध्यानाकर्षण पत्र बारे आफुले छलफल गरेर जानकारी दिने बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताए ।
६ बुँदे ध्यानाकर्षण पत्र बुझाउदै निर्वाचनको नजिकै आएर निश्चित ब्यक्तीलाई पोस्ने कार्य गरेमा कडा रूपमा प्रस्तुत हुने त्यस बाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी स्थानीय सरकारले लिने चेतावनी समेत दिएको नेपाली काङ्ग्रेस क्षेत्र न ३ क का सचीव धिरेन्द्र सिंहले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments