Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकलाकार बि.सि.लाई माओवादी केन्द्रमा स्वागत

कलाकार बि.सि.लाई माओवादी केन्द्रमा स्वागत

जाजरकोट २६ माघ

लजाजरकोटको नलगाड नगरपालिका वडा नं ७ दल्लीमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र) को वडा कमिटिको आयोजनामा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा राष्ट्रिय कलाकार एवं नेकपा एमाले नगर कमिटी सदस्य रोशन बि सि लगाएत १५ जना नव प्रबेशिलाई नगर प्रमुख टेक बहादुर रावलले दोसल्ला ओडाएर स्वागत गर्नुभएको छ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य डम्बर बहादुर रावल,ईन्द्र प्रशाद शर्मा,राममाया हमाल लगाएत नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले स्वागत गर्नुभएको हो।नेकपा एमाले नगर कमिटी सदस्य रोशन बि सि वडा कमिटी सदस्य बल ब बिक,सुदिप बिक,बिरेन्द्र सुनार,नरेन्द्र सुनार,बुध्दि ब बिक,बिपना पुन र बेउरुपि बिक लगाएत नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ भने नेपाली काङ्ग्रेस परित्याग गरेर ६ जना वडा कमिटी सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको ईन्द्र प्रशाद शर्मा प्रशान्तले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments