Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedशिक्षक देखि मन्त्रीसम्म गणेश सिंहको यात्रा

शिक्षक देखि मन्त्रीसम्म गणेश सिंहको यात्रा

कोहलपुर २७ माघ

जाजरकोट जिल्ला नलगाड नगरपालिका ५ ऐरारीमा २०१८ साल बैशाख १८ गते बाबु जर्दसिंह ठकुरी र आमा अमृता देवी सिंहको कोखबाट जेठो सन्तानका रुपमा जन्मलिएका सिंह बाल्यकालदेखि समाजका विषयमा चासो राख्ने मध्येका हुन्  ।

सिंहले  प्रवीणता प्रमाणपत्र तह अर्थात् आइएसम्मको अध्ययनपछि सिंह शिक्षण पेशामा फर्किए । जाजरकोट नलगाड नगरपालिका लहँको ऐरारी आफ्नै गाउँमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा १२ वर्ष अध्यापन गरे। बारेकोट गाउँपालिका – ९ मा रहेको हिमालय प्राथमिक विद्यालय काप्तिको प्रधानध्यापक समेत भए।

यसरी शुरु भयो मन्त्री सिंहको राजनीतिक यात्रा ०४६/४७ सालको आन्दोलनमा अखिल नेपाल शिक्षक संगठनको सदस्य भए । विद्यालय र शिक्षकमाथि भएको अन्यायकाविरुद्ध बोल्ने र सम्बन्धित निकायसँग समस्या पुर्‍याउने काम समेत गर्थे ।२०४८ सालमा अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य चयन भए । यसरी राजनीतिमा सक्रिय हुन थाले  । ०४८ सालमा संयुक्त जनमोर्चा नेपाल जाजरकोटको सदस्य बने  । तत्कालीन सत्ता र शासकको अत्याचारले ठुलो विद्रोहमार्फत परिर्वतन खोजिरहेका सिंहलाई ०५३ सालमा सरकारले माओवादीको आरोप लगायो । उनका लागि पूर्णकालिन राजनीति गर्नु बाहेकको विकल्प रहेन । ०५४ सालमा नेकपा माओवादी केन्द्रको पूर्णकालिन सदस्य भए । अब, उनको विकल्प भनेको माओवादी केन्द्रमार्फत राजनीति गरेर समाज परिर्वतन गर्नु थियो  ।पूर्णकालिन सदस्य भएसँगै जाजरकोट, दैलेखका विभिन्न गाविसमा क्षेत्रीय सचिवको  जिम्मेवारी पाए । उनको पार्टीप्रतिको काम र विश्वासले ०५७ मै उपब्यूरो सदस्य मात्रै भए साथै राज्य कार्यालयको सचिव समेत भए ।

उनको आन्तरिक तथा बाह्य सक्रियताले नै २०५८ मै कमान कार्यालय सचिव हुन पुगे ।  ०६० सालममा क्षेत्रीय व्यूरो सदस्य भएसँगै दैलेख इन्चार्जको जिम्मा पाए । न्यायसहितको अधिकारका लागि ०६२ र ०६३ मा राज्य कार्यालय बाँकेदेखि बर्दियामा आवद्ध भए ।

त्यतिबेलाबाटै विभिन्न संगठनमा काम गरिसकेका सिंह ०६४ मा जाजरकोट जिल्ला सचिव भए । शान्ति प्रक्रियापछि ०६९ मा एकीकृत नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको सदस्य भए ।  पोलिटब्यूरो सदस्यसँगै ०६९ मा जाजरकोट जिल्लाको इन्चार्ज भए । सिंह एकतापछिको नेकपा कर्णाली प्रदेश सदस्य मात्रै होइन जाजरकोट जिल्लाको क्षेत्र नम्बर ‘क’को निर्वाचित सांसद समेत हुन्  ।

कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पाएको जिम्मेवारी: जाजरकोट प्रदेश सभा क्षेत्र नम्बर १ “क” बाट ०७४ को निर्वाचनमा भारी मत ल्याएर निर्वाचित सिंह २०७६ मा गठन कर्णाली प्रदेश सभा अन्तर्गत संसदीय समितिको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष भए ।यसरी कर्णाली प्रदेश सरकारको जलश्रोत तथा उर्जा विकास मन्त्रीमा नियुक्त भएका हुन्  ।  कर्णाली सरकार गठन भए यता पहिलो पटक जाजरकोटले सरकारमा मन्त्री पाएको छ। विभिन्न नेतृत्वको जिम्मेवारी पाएर सफलता पूर्वक निभाएका सिंहले यसअघि कर्णाली सरकारमा पाएको अर्थ तथा प्राकृतिक स्रोतको जिम्मेवारी पनि सफलता पूर्वक निभाएका थिए।आम नागरिक पार्टी नेता कार्यकर्ताको आशा यहि छ कि जसरी बिगतमा पाएको जिम्मेवारी कुशलता पुर्बक निर्वाह गरे त्यसरी नै अब पाएको मन्त्री पद र जिम्मेवारी निर्बादरुपमा निभाउने अपेक्षा गरिएको छ। अब हेर्न बाँकी छ के ती आम नागरिकको अपेक्षा कर्णाली प्रदेशका जनताको आशा पूरा गर्छन् वा आफुलाई बिलाशी बनाउछ्न हेर्न बाँकी छ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments