बाँके जिल्लाको खजुरा गाउँपालिका ४ नम्बर वडा अध्यक्ष तिलकबिर सुनार पुनः वडा अध्यक्षमा नै दोहोरिने मनसायमा देखिनुभएको छ।
मंगलबार अध्यक्ष सुनार र बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक कुशल दलामी बिच भएको कुराकानीमा अध्यक्ष सुनारले यसो भन्नुभएको हो। अध्यक्ष सुनारलाई अबको तपाईंको ईच्छा के छ राजनीतिमा सक्रिय भएर आगामी चुनावमा कुनै पदको आकाक्षी हो कि भन्दा सुनार भन्नू हुन्छ :हो म आकाक्षी पालिका अध्यक्ष हो माननीय हो किनकि वडा पछि सबैले माथिको पदको आशा र आकाक्षा गर्नु नौलो कुरा हैन ! तर मैले मेरो पार्टीले जुन स्थान दिन्छ जहाँ काम गर्न अथवा लगनशिल मलाई देख्छ म त्यही बस्ने हो ।सपना देख्न पाईन्छ तर कुन सपना कतिबेला देख्ने हो पूरा हुने सपना हो कि पुरा नहुने सबै बिचार गर्नु आवश्यक छ।
त्यसको मतलब अब पालिका अध्यक्षमा जानुहुन्छ ? मुस्कराउदै अध्यक्ष सुनारले भन्नुभयो हेर्नुहोस अहिले मैले पालिका भनेर भोलि वडामा झर्नुपर्यो भने के हुन्छ । त्यसैले अहिले वडामा छु यहीँको बारेमा सोचेको छु भोलि मेरो आवश्यकता पालिकालाई पर्यो भने जाउला तर जहाँ बाट चुनावमा गए पनि जित्ने सतप्रतिशतमा जान्छु । अनि अहिले नै पालिका हाक्न सक्ने वा नसक्ने भन्ने हैन तर निरन्तरता दिनु नै राजनीति हो ।
अन त्यसो भए पुन वडा अध्यक्षमा दोहोरिनु हुन्छ त ?
हो तपाईंले जे बुझ्नु भयो सत्य यहि हो अहिले मैले वडामा नै दोहोरिने हो । कस्ले कति गर्छ भन्ने स्थानीय जनताले बुझ्नुभएको छ त्यसैले अबको यात्रा पुन:वडामा दोहोरिने जवाफ दिनु भयो।
तिलकबिर सुनार न्यु डाँँफे स्पोर्ट्स क्लब को सफल अध्यक्ष हुँदै खजुरामा पौराणिक मेला महोत्सवको सफल आयोजना संयोजक हुँदै जनप्रतिनिधि हुनु अगाडि नै समाजसेवामा तल्लिन अध्यक्ष सुनार घर घरमा पुगेर सेवा गर्न समेत सफल हुनुभएको छ । अबको आगामी चुनावमा उहाँले गरेको कर्मको फलको नतिजा आउने सहि समय आएको छ के अब फेरि दोश्रो कार्यकालका लागि जनताले पत्याउछ्न कि बिदाई गर्छन् हेर्न बाँकी छ!