यस कारण गठबन्धन आवश्यक छ
२०४६ सालमा कम्युनिष्ट र काँग्रेस सँगै मिलेर निर्दलीय पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याएको हो ! २०६२/०६३ मा काँग्रेस सहितको तत्कालीन सातदलीय गठबन्धन र माओवादीको संयुक्त आन्दोलनले नै राजा ज्ञानेन्द्रको सत्ता र राजसंस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो ! त्यतिबेला खड्ग प्रसाद ओलीले आन्दोलनको विरोध गर्दै जनआन्दोलनलाई बयलगाडाको संज्ञा दिएको भिडियो क्लिप अझै पनि सामाजिक सञ्जालमा छ्यापछ्यापती पाइन्छन् ! संघीयता, गणतन्त्र, संविधानको विरोधी ओलिले देशलाई राजनीतिक दलदलमा फसाउन प्रगतिशिल, समाजवादी संविधान च्यात्दै कम्युनिष्ट पार्टिको झण्डै दुईतिहाईको शक्ति भएको संसद विघटन गर्यो । झण्डै दुईतिहाई संसद शक्ति भएको आफ्नै कम्युनिष्ट पार्टि फुटाएर पश्चगमनको बाटो रोजेको ओलीले कम्युनिस्टलरहरु लाई समेत सिध्याउने रणनीतिमा अझै तल्लीन छन् । तसर्थ खड्ग प्रसाद यो देशको राजनीतिलाई कुरूप बनाउने खलपात्र हुन ! २०६२/०६३ को आन्दोलनको भावना विपरीत प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने षडयन्त्रमा छन् ! ऊनी राजावादीहरूसंग साँठगाँठ गरेर अघि बढ्ने तयारीमा छन् ! संविधान, संघीयता, गणतन्त्रको संस्थागत कार्यान्वयन र रक्षाका लागि, भावी पुस्ताको प्रगतिशिल भविष्यको लागि यस पटक गठबन्धन आवश्यक छ !
यो सामाग्री दिपक ढकालको सामाजिक संजाल फेसबुक बाट साभार गरिएको हो।