Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedयुवा संघ नेपाल महासचिव दिपक जि एमले दिए एमाले अध्यक्ष ओलीलाई चुनौती

युवा संघ नेपाल महासचिव दिपक जि एमले दिए एमाले अध्यक्ष ओलीलाई चुनौती

चैत २५ बाँके । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका महासचिव दिपक जिएमले समाजिक संजाल फेसबुकमा एमाले अध्यक्ष केपि ओलीलाई आक्रोशपुर्ण चुनौती दिएका छन् ।

images

जिएम लेख्छन् :- “ओलीको बोलिमा कति सत्य कति असत्य ? के साचि यिनको बोलिलाइ समर्थन र विश्वास गर्दै जाने हो भने हाम्रो गन्तव्य कुन र काहा होला?  हिजो बाकेमा आएका ओलिले एमाले बाहेक अरु कोहि छैनन् भन्न भ्याए भ्याएछन् । सुनेको थिए (एकीकृत समाजवादी) का फलाना पदका भन्दै ९ जनालाई ओली आफैले खदा ओढाउदै गरेको म आफैले देखेको छु । बाके जिल्ला कमिटी ३२१ को छ चेतना भय ।

ओलीलाई चुनौति दिन्छु तिम्रो (एमाले) नामको प्राइभेट कम्पनी बैशाख ३० पछि नविकरण हुने छैन । तसर्थ ओली जि अब थोर बहुत कलाकार बटुलेर कमेडी सो चलाउन सुझाव छ।”

नेकपा (एस) बाँके जिल्ला कमिटीका सचिब समेत रहेका जिएमद्वारा हस्ताक्षरित पत्र मार्फत गरिएका केहीलाई (एस) पार्टीबाट कारबाही र निस्कासन गरेकाहरु हिजो ओलीको हातबाट एमालेमा प्रवेश गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments