बैजनाथ सम्बादाता
बैजनाथ गाउँ पालिका वडा नं ६ रामपुर (नालापारी) बस्ने कल्पना चौधरीको मिति २०७८ चैत १० गते आफ्नै घरको भित्ता भत्किदा शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लागि हाल काठमाडौ ट्रमा सेन्टरमा उपचार भैरहेको र उहाँको परिवारको आर्थिक अवस्था ज्यादै नाजुक भएकोले उहाँको उपचारमा समस्या आएपछि उहाँको जीवन रक्षाको लागि श्री प्रभात माध्यामिक बिध्यालय बैजनाथ ५ जि गाउँको तर्फबाट नगद रु ११००० र उक्त बिद्यालयका शिक्षक कर्मचारीको तर्फबाट नगद रु १९००० गरि जम्मा नगद रु ३०००० सहयोगको लागि उक्त बिद्यालयका शिक्षक श्री प्रेम बहादुर बिष्टले निज बिरामीको घरमै बिरामीको छोरी अरुनिमा चौधरीलाई छिमेकीको रोहवरमा हस्तान्तरण गर्नु भएको छ । अरुनिमा चौधरी हाल प्रभात मा. बि. जि गाउँमा कक्षा १० मा अध्ययन गरिरहेको र बिरामी कल्पना चौधरी पनि उक्त बिद्यालय ब्यबस्थापन समितिको पुर्ब सदस्य समेत रहेको कुरा शिक्षक बिष्टले जानकारी दिनुभएको छ साथै उहाँको जीवन रक्षाको अन्य ब्यक्ति तथा संघ सस्थाहरुलाइ पनि सहयोगको लागि अपिल गर्नु भएको छ ।