Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedअध्यक्ष रुचाल द्वारा बेरुजु फर्च्यौट नभएको भ्यु टावर उद्घाटन  

अध्यक्ष रुचाल द्वारा बेरुजु फर्च्यौट नभएको भ्यु टावर उद्घाटन  

बैजनाथ सम्बादाता

बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा शनिबार  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालल अध्यक्ष रुचाल द्वारा बेरुजु फर्च्यौट नभएको भ्यु टावर उद्घाटन गरिएको छ।

उक्त कार्यक्रममा उपाध्यक्ष शारदा बि क वडा अध्यक्ष भद्र बहादुर बस्नेत स्थानीय समाजसेवी कुल बहादुर सुनार नन्द बिश्वकर्मा न्यु हरियाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर राना लगाएतको उपस्थितिमा भ्यु टावर उद्घाटन गरिएको हो।गाउँपालिका वडा न ६ लालपुर स्थित न्यू हरियाली सामुदायिक उपभोक्ता वनको क्षेत्रमा स्थानीय सरकारले बिकाश बजेट मार्फत निर्माण गरेको भ्यु टावर सामान्य (साधारण) एकासी र सिसौका रुखभन्दा सानो छ तर जाँदा जाँदै रुचाल सरकारले उद्घाटन गरेता पनि त्यहाँ बाट अवलोकन गर्ने केही दृश्य देखिदैन तुलनात्मक हिसाबले नजिकै बनेको खानेपानी ट्यान्कि भन्दा होचो भ्यु टावर तत्कालीन सामुदायिक बनका अध्यक्ष नन्द बिश्वकर्माको अगुवाइमा बनेता पनि हाल सम्म बेरुजु फर्क्चयौट समेत नभएको गाउँपालिका लेेेखा अधिकृत पुर्न्ण प्रसाद जैसिले बैजनाथ सम्बादातालाई जानकारी दिनुुुभयो।  कुल लागत रु ६१ लाखमा निमार्ण गरिएको  ५ तलाको उक्त भ्यू टावर र पुस्पबाटिका जहाँ एउटा पनि फुल फुलेको छैन तथापि पुष्प वाटिका भनेर बजेट समेत स्वाहा भैसकेको छ।

उक्त कार्यक्रममा बोल्दै सानका साथ अध्यक्ष रुचालले समृद्ध बैजनाथ निमार्णका सबै आधारभूत आवश्यकताहरु शिक्षा स्वास्थ्य पूर्वाधार निमार्ण लगाएत रोजगारी सृजना गर्न स्थानीय सरकार सफल भएको समेत भन्न भ्याउनु भयो ।

न्यू हरियाली सामुदायिक उपभोक्ता वन समितिका तत्कालीन अध्यक्ष नन्द विश्वकर्माले स्थानीय सरकारले पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो। भ्यु टावर होचो छ अझै यसलाई हेर्न लायक बनाउन अझै कम्तीमा दुईतला थप्नुपर्ने आवश्यक भएता पनि स्थानीय सरकारको हतारका कारण भ्यु टावर उद्घाटन गर्नुपरेको न्यु हरियाली सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लाल बहादुर रानाले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments