बाँके जिल्लाको कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुर द्वारा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालयका नव नियुक्त प्रमुख डिएसपि ऐन बहादुर मल्लले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम राख्नका साथै शान्ति सुरक्षा र आगामी निर्वाचन र चोरी लगाएत दुर्यसनीलाई न्यूनीकरण गर्न र कोहलपुर क्षेत्रको शान्ती सुरक्षा नै आफ्नो प्रमुख जिम्मेवारी भएकोले यसलाई निर्वाह गर्न आफू सधैं लागिपर्ने कुनै लोभ लालच भए रहित वातावरणमा पीडितलाई अपनत्व महसुस हुनेगरी न्याय निरुपण गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
पत्रकार सम्मेलनमा बोल्दै ईलाका प्रमुख मल्ल भन्नुहुन्छ “कोहलपुरमा बड्दो क्रममा रहेको लागूऔषधका घटना लाई निराकरण गर्न प्रहरी अहोरात्र खट्ने,सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक प्रहरी परिचालन गर्ने र स्थानीय निकाय सङ सहकार्य गर्ने र आसन्न निर्वाचन लाई शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न ईलाका प्रहरी कार्यालय कोहलपुरले कुनै पनि कसुर बाँकी नराख्ने” प्रतिबद्धता गर्नु का साथै बाँकेमा आफ्नो घर नभएता पनि लामो समय बाँकेमा कार्यरत रहेकाले आफ्नो लागि घर जस्तै भएको र घरको जिम्मेवारी पूरा गर्नु आफ्नो दायित्व भएको समेत बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम प्रकाश चौधरी,पत्रकार महासँघ बाकेका अध्यक्ष दामोदर भण्डारी र अन्य विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । यस अघि बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रमुख वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रमुखको रूपमा कुशल जिम्मेवारी बहन गरिसक्नुभएको एउटा असल प्रहरी अधिकारीको रूपमा परिचीत हुनुहुन्छ ।