Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedकोहलपुरको मेयरमा देवानन्द अर्यालको स्वतन्त्र उम्मेदवारी घोषणा

कोहलपुरको मेयरमा देवानन्द अर्यालको स्वतन्त्र उम्मेदवारी घोषणा

कोहलपुर /बाँके जिल्लाको कोहलपुरमा युवा ब्यवसायि देवानन्द अर्यालले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ।
अर्यालको परिचय बि स २०३९ साल देखि कोहलपुरमा स्थायी रूपमा बसोबास गर्दै आएका देवानन्द अर्याल बाल कुमारी कलेज चितवन देखि बि बि एस पास गरेर दक्षिण कोरिया करिब ७ बर्ष वैदेशिक रोजगारी बाट फर्केका अर्यालले पश्चिम नेपालमा २०७४ सालमा नेपालको १३ औं ५ तारे होटेल सेन्ट्रल प्लाजा र बर्दिया ठाकुरद्वारामा जंगल
सेन्ट्रल प्लाजा रिसोर्ट संचालन गर्दै आएका पश्चिम नेपालको सफल होटेल ब्यवसायी मानियका अर्याल
१५ बुंदे घोषणा पत्र सार्बजनिक गरेर उम्मेदवारी घोषणा गर्नुभएको हो।

हाम्रो आवश्यकता अनुरुप हाम्रो बिकाश भन्ने मुल नाराका साथ हामीले हाम्रो ठाँउको बिकासलाई मुर्तरुप दिनकालागी सबल र सक्षम उम्मेदवारको आवश्यकता पर्ने हुन्छ। राणा पन्चायत हुँदै २०४६ पछिको बहुदलीय ब्यवस्थाका ३२ बर्षमा बिकासको चरणलाई निहालेर हेर्यौ भने सामान्य बिकास नभएका होइनन् तर त्यो सुस्त गतिको बिकासले हाम्रो समाज परिवर्तनका लागि आवश्यक आधारभुत बिकासको लक्ष्यभन्दा धेरै पर रहेको जग जाहेरै छ।
राजनीति पार्टीहरुको सिन्डिकेट बिकास प्रणालीले समाजलाई आसमान बिकास असमान बितरन र असमान न्यायप्रणालीमा लपेटेको छ।जसले कुनैपनी राजनीति पार्टी भन्दा पर बसेर स्वतन्त्र रूपमा जिबिकोपार्जन गर्ने त्यो बर्गलाई राज्य नै नभएको अनुभूति हुनेगरी विभेद गरेको छ।जुन कुरा वास्तविक राज्य प्रणालीको सिद्धान्त बिपरित छ।
यो देश समाज र यसका सम्पुर्ण बिकास पुर्बाधार र सेवामा सबैको साझा पहुँच हुनपर्छ र कसैलाई पनि बिचार,बर्ग,लैङ्गिक तथा जातिय आधारमा राज्यको सुबिधा बाट बन्चित गर्न पाईने छैन भनी यो संगठित राजनैतिक बिकृती बिरुद्व हाम्रो स्वतन्त्र उम्मेदवारी अभियान अन्तर्गत मेयर उप मेयर लगाएत १५ वटै वडामा हाम्रो उम्मेदवारी रहेको छ।
समाजलाई समान अवसर र बिकास दिनेमा हामी सम्पुर्ण प्रतिबद्ध छौ।साथै कोहलपुर नगरपालिकामा हामी निम्न विषयमा अल्पकालीन मध्यकालीन र दीर्घकालीन बिकासका कार्य योजना अघि सारेका छौँ ।

१.शिक्षा २.स्वास्थ्य ३.खानेपानी तथा सरसफाइ ४.कृषि ५.सडक ढल तथा विद्युत ६.प्रबिधी संन्चार तथा मनोरंजन ७.युवा तथा खेलकुद ८.यातायात ९.उद्योग तथा ब्यापार ब्यावसाय १०.पर्यटन ११.पुर्बाधार बिकास १२.स्थानीय कता तथा संस्कृति १३ रोजगार १४.सुशासन तथा सार्बजनिक सम्पतिको सुरक्षा १५.सामाजिक सुरक्षा गरि कुल १५ वटा बुँदे घोषणा पत्र जनता माझ सुशासन र स्थानीय बिकास स्वबीबेकले स्वतन्त्र उम्मेदवार लाई मतदान भन्ने मुल नारा लिएर स्थानीय जनतासामु जाने बताउनुभयो ।

यसपटकको स्थानीय निर्वाचनमा देशब्यापी रूपमा स्वतन्त्र उम्मेदवारीको लहर सँगै कोहलपुर नगरपालिकाको मेयर पदमा युवा ब्यवसायी देवानन्द अर्यालको उम्मेदवारीले चर्चा पाएको छ।अब के स्वतन्त्र उम्मेदवारलाई जनताले जो कुनै राजनीतिक दललाई अनिवार्य भोट छ त्यसको अन्त्यको लागि आफ्नो एक्लै भोट बाट मेयर पदमा उम्मेदवारी घोषणा गरेका अर्याललाई जनताले कसरी हेर्लान त ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments