Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथको उपाध्यक्षका लागि एकता शाहको दौड

बैजनाथको उपाध्यक्षका लागि एकता शाहको दौड

बैजनाथ/आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनलाई तार्गेट गरेर अहिले प्राय सबै स्थानीयहरुमा आ आफ्नो पार्टी पंक्ती बाट कस्ले टिकट ल्याउने बारे रस्साकस्सी नै चलेको पाईन्छ।
यसै बिच लामो समय देखि बिगत २०५४ सालमा नेकपा एमालेको साधारण सदस्य लिएर शुरु गरेको राजनीतिक यात्रा अहिलेसम्म नेकपा एमालेमै क्रियाशिल राजनीति गरिरहनुभएको छ।
२०५४ सालदेखी नेकपा एमालेको तस्कालिन चिसापानी गाबिस वडा नम्बर ४ को पार्टी सचीव बाट शुरु गरेको क्रियाशिल राजनीति बाट राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला सदस्य हुँदै पार्टीको क्षेत्रीय कमिटी सदस्य नेकपा एमाले र नेकपा माओवादी एकीकरण भएर बनेको नेकपाको जिल्ला कमिटी सदस्य पुनःनेकपा एमाले र नेकपा माओवादी केन्द्र अगल अलग भएपछि नेकपा एमालेको ऐतिहासिक बैजनाथ गाउँपालिका कमिटी सदस्य र हाल बैजनाथ गाउँपालिका नेकपा एमाले पार्टीको उप-सचीव पदमा निरन्तर पार्टी निर्माणमा बिगत देखि नै संघर्ष गर्दै आउनुभएको छ।
शाहको योगदान सहकारी अभियानमार्फत समेत निरन्तर समाज सेवामा समर्पित हुनुहुन्छ।

साना किसान कृषि सहकारी संस्था लि. बैजनाथ १ चिसापानीको अध्यक्षमा करिब १० बर्षसम्म निरन्तर कुशल अध्यक्षको रूपमा आफ्नो कार्यकाल निर्बाह गर्नुभएको शाह जिल्ला कृषि सहकारी संघ लि.बाँकेको अध्यक्ष हाल दोश्रो कार्यकाल चलिरहेको छ भने राष्ट्रिय सहकारी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्षर नेपाल केन्द्रिय कृषि सहकारी संघ महिला बिभाग सदस्य हुनुहुन्छ भने लामो समयदेखी सहकारी अभियानमा जोडीएका शाह हालसम्म कुनैपनी बिबादमा नपरेकार स्वच्छ छबिका साथ शाह स्थानीय निर्वाचनमा निर्वाचित भएर आए बिगतजस्तै स्वच्छ छबिका साथ आफ्नो सेवालाई निरन्तर दिने बताएता पनि पार्टीको निर्देशन नीति विधि र बिधान बमोजिम अगाडि बढने बताउनु हुन्छ।स्थानीय बैजनाथ गाउँपालिका बाट महिला सहकारी अभियन्ताको रूपमा खरो उत्रिन सफल एक मात्र शसक्त महिला हुनुहुन्छ एकता शाह बिगतमा आफुले पार्टी पंक्तिलाई सधैं एउटा खम्बाको रूपमा अडिग भएर लागि परेकाले अब आगामी स्थानीय निर्वाचनमा बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाबिक भएको शाह बताउनुहुन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments