बाँकेको खजुरा गाउँपालिका ४ नेकपा एकीकृत समाजवादी दुर्गा देवि खत्री लाई बिगत चैत २४ गते एमाले अध्यक्ष सिद्वार्थ भ्यु होटेल कारकादोमा भएको कार्यक्रममा खत्री सहित केही ब्यक्तिहरु नेकपा एमालेमा प्रबेश गरेको भन्ने सामाजिक सन्जालमा भ्रामक प्रचार गरेकोमा गम्भीर ध्यानाकर्षण हुनुका साथै नेकपा एस मै रहेको स्पष्ट पार्दछु र आगामी स्थानीय निर्वाचनका लागि खजुरा ४ बाट अध्यक्षको उम्मेदवारीका लागि देबि खत्रीलाई सर्बसहमत सिफारिस गरिएकोमा धन्यवाद प्रकट गर्नुभएको छ।
गम्भिर ध्यानाकर्षण सम्बन्धमा!
हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) बाके जिल्ला सचिवालय सदस्य क. दुर्गा देवि खत्रीलाइ (एमाले) अध्यक्ष ओलि जि यहि चैत्र २४ गते बाके आएको बेला राजनीतिक चरीत्र हत्या हुने गरि एमाले प्रवेश गरेको भ्रमपुर्ण हल्ला प्रति र हाम्रो पार्टीका इमानदार नेता कार्यकताहरु लाइ बिभिन्न खाले अनावश्यक कुप्रचार गरेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ। उहा क. दुर्गा देवि खत्री नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट आसन्न स्थानीय निर्वाचनका लागि खजुरा गाउपालिका वडा न.-४ को सर्वसम्मत वडा अध्यक्षको लागि सिफारिस हुनुभएको समेत जानकारि गराउदछु। यस्ता प्रकारका गलत क्रियाकलाप नगर्न जुनसुकै राजनीतिक दल वा व्यक्तिलाइ सुझाव दिन चाहन्छु र यस्ता भ्रम सृजना गर्ने राजनीतिक दल र व्यक्ति लाइ कडाइका साथ प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाइ जानकारी समेत गर्दछु।✊
दिपक जिएम
सचिव
नेकपा (एकीकृत समाजवादी), बाके।