कोहलपुर १ वैशाख
बाँकेको राप्ती सोनारी गाउँपालिका ८ स्थित शम्शेरगजमा बिहीबारदेखि होटल प्रफेक्ट संचालनमा आएको छ । होटेलको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले उदघाट्न गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिग्देलले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका निम्ति आवासको लागि होटल प्रफेक्ट एकमात्र उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए । विविध सुविधा सहित राप्तीसोनारीमा स्थापना भएको होटल प्रफेक्टले बाँके राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटक आवासको लागि अन्य ठाउँमा जानुपर्ने समस्या टरेको समेत बताए। कार्यक्रममा बोल्दै राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले होटल प्रफेक्ट संचालनमा आए संगै राप्तीसोनारी उद्योग वाणिज्य संग नया आयाम थपिएको बताए। त्यस्तै उनले पुर्वपश्चिम राजमार्ग संगै सटेको हुँदा यात्रुहरूको आवासमा समेत मद्धत पुग्ने बताए। कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तुलाराम खत्रीले राप्तीसोनारीमा एकमात्र सुविधा सम्पन्न होटेल संचालनमा आउनु अत्यन्तै खुसीको कुरा भएको बताउदै यस क्षेत्रमा आउने पर्यटक तथा पाहुनाहरुका लागि होटेल प्रफेक्ट आवासका लागि एक उत्कृष्ट गन्तव्य हुने विश्वास व्यक्त गरे ।
होटल संचालक विष्णु बोहराले विशेष गरि बाँके राष्ट्रिय निकुञ्जको अवलोकनका लागि आउने पर्यटक तथा आगन्तुक हरुलाई सेवा दिन होटेल संचालनमा ल्याएको बताए। हामीले आवश्यक सम्पुर्ण सुविधा सहितको होटल संचालनमा ल्याएका छौ सकेसम्म राम्रो सुविधा दिने प्रयास गर्नेछौ बोहोराले भने । होटलमा लक्जरी रुम, बार,कार्यक्रम हल लगायतका सुविधाहरु रहेका छ्न । होटेल उदघाट्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि ,सुरक्षाकर्मी, सर्वसाधारण लगायतको सहभागीता रहेको थियोे ।